२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

धितोपत्र बोर्ड कर्मचारी युनियनद्वारा विपद् उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग

१४ भदाै, काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ। युनियनका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको युनियनले जनाएको छ।

रसुवालगायतका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भइरहेका बेला विपद् प्रभावितको राहत तथा उद्धारका लागि राजनीतिक दल, संघसंस्था तथा विभिन्न निकायबाट सहयोग घोषणा गर्ने क्रम बढेको छ। यसै क्रममा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले पनि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा आर्थिक सहयोग गरेको जनाएको हो।

प्रकाशित मिति : August 30, 2026 at 10:26 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/