१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

रसुवा बाढीः मृत्यु हुनेको संख्या ७३४ पुग्यो

१४ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजिनक गरेको बुलेटिन अनुसार बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको हो ।

dainiki.com

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको हो । हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएकाे छ । बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या २ हजार ४९८ पुगेको छ।

 

प्रकाशित मिति : August 30, 2026 at 10:17 am