त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
१४ भदौ, काठमाडौं । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा बाढीले चार वटा घरमा क्षति पुगेको छ। आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीसम्म बाढीको बहाब बढ्दा चारवटा घरहरू बगाएको गल्छी गाउँपालिका-४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए।

त्रिशूली नदीमा पानीको बहाब बढ्दै गएको र नदी तटीय क्षेत्र जोखिममा रहेको भन्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रकाशित मिति : August 30, 2026 at 9:36 am



