१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

नुवाकोटबाट अनुजको अपिल, नमस्कार, मलाई चिन्नु भयाे ? भनेर नसोध्नुस्

१४ भदौ, नुवाकोट । बाढी पीडित नागरिकहरूका लागि राहतको काम गरिरहेका नुवाकोट विदुरका सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठले फोन गरेर अनावश्यक प्रश्न नगर्न अपिल गरेका छन । फोन गर्नेहरूले सीधै विषयमा कुरा गर्ने भन्दा बढी अनावश्यक प्रश्न गरेर तनाव दिएपछि उनले आइतबार बिहानै फेसबुकबाट अपिल गरेका छन ।

उनले नमस्कार, मलाई चिन्नु भयो रु भनेर नसोध्न अनुरोध गरेका छन । उनले अन्यथा नमान्नुस भन्दै समय परिस्थितिले गर्दा यस्तो अनुरोध गर्न बाध्य भएको बताएका छन । यस्तो छ अनुजको अपिल

कृपया अन्यथा नमान्नु हाेला,
समय परिस्थितिले गर्दा याे लेख्न बाध्य भएको छु !
हामी बाढी प्रभावितहरुकाे सेवाकाे लागि फिल्डमा छाै, यसर्थ तपाईंले फाेन गर्दा “नमस्कार, मलाई चिन्नु भयाे ? “के छ हाल खबर”, “अनि के गर्दै हुनुहुन्छ”, “चिया नास्ता गर्नुभयो”, “तपाईंलाई कस्तो छ, “घरपरिवारकाे अवस्था के छ ?” यस्तो कुराहरु नगरिदिनु हाेला। सिधै विषयमा प्रवेश गर्नु हाेला।

कारण: फिल्डमा रहदा तनावमा हुन्छौं , अत्यधिक गर्मीका कारण शरिर तातिरहेको हुन्छ , असिनपसिन अवस्थामा हुन्छौं , जटिलता साथ व्यवस्थापन कार्य गरिरहेका हुन्छौं । सबैलाई चित्त बुझाउन सकिरहेका हुदैनाै। त्यसमाथी फेरि प्रभावित क्षेत्रमा टेलिफोनकाे नेटवर्क कमजोर रहेकोले आवाज राम्रोसँग बुझिदैन। यसर्थ छाेटकरीमा सिधै विषयमा प्रवेश गराै।

यहाँहरुले सद्भाव राखेर मायाले साेध्नु भएको विषयहरुकाे जवाफ दिन समय अभाव र अरु धेरै संवेदनशील काममा केन्द्रित भैरहेको अवस्था हुदा धेरै गाह्रो हुने भएकोले अब केही दिन, केही हप्ता सिधै कामकाे विषयमा कुराकानी गर्नुहुन अनुरोध गर्दछु।

प्रकाशित मिति : August 30, 2026 at 7:36 am