१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना रहस्यमय, योगेश भट्टराईले उठाए गम्भीर प्रश्न

१५ फागुन, काठमाडाैँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । रविन्द्रको व्यक्तित्व र सरलताका कारण धेरैले समाचार नै असत्यहोस भनिरहेका छन । कतिपयले अस्वभाविक दुर्घटना हुनसक्ने भन्दै अाशंका पनि गरिरहेका छन । यही बीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका ताप्लेजुङका सांसद योगेश भट्टराईले गम्भीर प्रश्न उठाएका छन ।

उनले भिअाइपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथिभरामा उडान नै नहुने गरेको तथ्य कोट्याउँदै अाफ्नो फेसबुकमा लेखेका छन ‘VIP उडानमा पाइलट सहित् ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १८:२०