२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

बाढीले क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियतपूर्ण प्याकेज ल्याउने सरकारको निर्णय

१२ भदाै, काठमाडौं । सरकारले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। शुक्रबार बसेका मन्त्रिपरिषदको बैठकले यो प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरलेले जानकारी दिए ।

dainiki.com

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरूः

-नेपाल–चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज (बिजनेस रिकभरी प्याकेज) तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने ।

-भारत सरकारसँग जीटूजी खरिद माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

-२०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगार्थ सम्माननीय प्रधानमन्त्रीज्यू लगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने ।

प्रकाशित मिति : August 28, 2026 at 1:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/