ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो, सचेत रहन आग्रह
१२ भदौ, काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र उक्त बाढी स्याप्रुबेसीसम्म आइपुगेको जनाएको छ। चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ । शुक्रबार दिउँसो १२:३१ बजे सूचना जारी गर्दै महाशाखाले भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको जनाएकाे हाे ।
‘भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ महाशाखाले भनेको छ।
प्रकाशित मिति : August 28, 2026 at 12:57 pm



