बाढीको जोखिम बढेपछि चीनले स्थगित गर्यो उद्धार कार्य
१२ भदौ, काठमाडौं । पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिइएको छ।
चीनले तिब्बतमा पुनः बाढी आउन सक्ने उच्च जोखिम रहेको भन्दै शुक्रबार उद्धार कार्य स्थगित गरेको छ। उक्त क्षेत्रमा गएको भीषण पहिरोमा परी ठूलो संख्यामा धनजनको क्षति भएको अनुमान गरिएको छ, तर प्रतिकुल मौसम र बाढीको जोखिमले गर्दा बेपत्ताहरूको खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

चीन–नेपाल सीमा क्षेत्रमा रहेको तिब्बतको केरुङ क्षेत्रमा बुधबार माटो, लेदो र ठूलो मात्रामा भग्नावशेष थुप्रिएपछि ताल बनेको थियो। निरन्तर वर्षाका कारण उक्त तालको पानीको सतह बढ्दै गएकाले ताल फुट्ने जोखिमसमेत बढेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित मिति : August 28, 2026 at 11:39 am



