२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

भोटेकोशीमा अझै बाढी आउन सक्ने, सुरक्षित रहन आग्रह

११ भदौ , काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ। चीनले परराष्ट्र मन्त्रालय हुँदै पठाएको पछिल्लो सूचना अनुसार बुधबार बिहान बाढी सिर्जना भएको ठाउँमा अझै पनि नदी थुनिएर ताल बनेको र त्यो ताल बढ्दै गएको देखिएको महाशाखाले जानकारी दिएको छ।

‘चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका साथै भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार भदौ १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ,’ महाशाखाले भनेकाे छ, ‘उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ।’

पछिल्लो अवस्थालाई ध्यानमा राखी अर्को सूचना जारी नहुँदा सम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति : August 27, 2026 at 5:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/