११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

बाढी पीडितलाई पूर्वका उद्योगी राजेन्द्र राउतको ११ लाख रुपैयाँ सहयोग

११ भदाै, काठमाडाैं। रसुवा बाढी प्रभावित परिवारलाई राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले व्यक्तिगत रुपमा सरकारलाई ११ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

राउतले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् । उनले यस दुखद परिस्थितिमा कोशी प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायी तथा संघ संगठनलाई आफ्नो स्तरवाट सम्भव भएसम्म सहयोग उपलब्ध गर्न आग्रह पनि गरेका छन् । राउतले यसअघि कोरोना महामारीका समयमा पनि १० लाख रुपैयाँ कोषमा सहयोग गरेका थिए ।

प्रकाशित मिति : August 27, 2026 at 11:19 am