७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

बाढीमा परेकाहरूको खोजी र उद्धार कार्य तीव्र पार्न चिनियाँ राष्ट्रपति सी को निर्देशन

१० भदौ, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन दिएका छन् । राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजी कार्यमा लाग्न निर्देशन दिएका हुन् ।

dainiki.com

 उनले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, घाइतेको उपचार तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जोड दिएका छन्। घटनापछि स्थानीय अधिकारी तथा उद्धार टोलीहरू खोजी तथा राहत कार्यमा परिचालित भएका छन्। पहिरोका कारण सीमा क्षेत्रमा भएको क्षति र मानवीय अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : August 26, 2026 at 4:00 pm