१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

पर्यटनमन्त्री अधिकारीको जीवनको अन्तिम कार्यक्रम, जहाँ तेह्रथुमवासीले यसरी गरेका थिए स्वागत

१५ फागुन, काठमाडाैँ ।  एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको अन्तिम सार्वजनिक कार्यक्रमको तस्बीरहरू सार्वजनिक भएका छन । दुर्घटनाको केहीबेर अघि तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले मन्त्री अधिकारीको स्वागतमा एउटा कार्यक्रम नै राखेको थियो ।

मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा पर्नुअघि तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यताका अध्ययनका लागि पुग्दा उनको भव्य स्वागत भएको थियो । कार्यक्रम सकेर पाथिभरा मन्दिरको दर्शनगरी काठमाडाैँ फर्कनेक्रममा मन्त्रीअधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १६:३५