१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बाढीपीडितलाई डब्ल्युएचओले स्वास्थ्य सामग्री उपलब्ध गराउने

१० भदौ,  काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। संगठनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कुराकानीपछि एक हजार जनालाई पुग्ने आधारभूत औषधि र स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। साथै २४ स्क्वायर मिटरको १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागेको जनाइएको छ।

dainiki.com

मन्त्रालयले बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको जनाएको छ। साथै हालसम्म तीन जना घाइतेहरुलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयको भनाइ छ।

साथै काठमाडौँस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स, नेपाल स्काउटसँग पनि आपतकालीन स्वास्थ्य सेवाका लागि समन्वय भइरहेको जनाइएको छ।

प्रकाशित मिति : August 26, 2026 at 1:56 pm