बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ(संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।

उनले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।
प्रकाशित मिति : August 26, 2026 at 1:20 pm



