रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान
१० भदौ, काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।

बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन (विद्युतीय तथा अन्य गाडीहरू) पार्किङ गरी राखिएका थिए । भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् । भन्सार कार्यालयमा ४० जना कर्मचारी कार्यरत रहेकोमा हालसम्म आधार पनि सम्पर्कमा आएका छैनन् ।
प्रकाशित मिति : August 26, 2026 at 1:11 pm



