बुधबार सार्वजनिक बिदा
९ भदौ, काठमाडाैं । सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते बुधबार परेकाले साे दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम मोहम्मद जयन्ती (मोहम्मद दिवस)का दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको र सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा भदौ १० गते बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : August 25, 2026 at 3:57 pm



