९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

`नेपाली पाठशाला तीज उत्सव २०२६’ तयारी ,दर र गायिका मञ्जु पौडेलको विशेष प्रस्तुति

एडिलेड (अष्ट्रेलिया) — नेपाली भाषा, कला र संस्कृतिको संरक्षण गर्दै आएको नेपाली पाठशाला एडिलेडको आयोजनामा भव्य ‘तीज उत्सव २०२६’ हुने भएको छ। आगामी सेप्टेम्बर ६ तारिख (आइतबार) एडिलेडमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

साउथ अष्ट्रेलिया सरकारको समेत सहयोग रहेको कार्यक्रम मोडबरी नर्थस्थित ‘द पाल्म्स ब्याङ्क्वेट हल’ (5 Famechon Cres, Modbury North SA 5092) मा अपरान्ह ४:३० बजेदेखि सुरु हुनेछ।

प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो संस्कृति र मूल घरसँग जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस तीज उत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूका लागि तीजको दरको समेत व्यवस्था रहनेछ।

नेपालकी चर्चित लोक गायिका मञ्जु पौडेलको विशेष साङ्गीतिक प्रस्तुति रहने छ । पौडेलका चुरोट लाइटर’, ‘तलतल लाग्यो मलाई’, ‘जालै रुमाल’, ‘हजुरैले हो’ र ‘दामी छ रेन्त’ ‘हजुरैले हो’, ‘छैन नि चोलिया’, ‘कर्णाली पारिको भेनाजु’, ‘के सोचेको नारीलाई?’ र ‘खै मादल यता ले’ जस्ता गितहरु चर्चित रहेका छन् ।

नेपाली पाठशाला एडिलेडका अध्यक्ष देवेन्द्र खरेलले गीत, सङ्गीत, नृत्य तथा पारिवारिक वातावरणमा तीज मनाउने व्यवस्था गरिएको बताउनु भयो । उहाँले एडिलेडमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा, संस्कृति, संस्कार र पहिचानसँग साक्षात्कार  गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो।

पाठशालाले चिट्ठा (Raffle Prize) मार्फत बहुमूल्य सुनको तिलहरी (Raffle Prize) जित्ने अवसर पनि सहभागीहरुलाई दिने जनाएको छ ।

अध्यक्ष खरेलले साउथ अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूलाई मौलिक पोशाकमा उपस्थित भई तीजको उत्सवलाई उल्लासमय बनाउन हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

 

प्रकाशित मिति : August 25, 2026 at 7:04 am