१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा बस्दै

१५ फागुन, काठमाडाैँ । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को अाकस्मिक बैठक बालुवाटारमा बोलाएका छन ।

मन्त्रिपरिषद्को अाकस्मिक बैठक बोलाइएपछि मन्त्रीहरू बालुवाटार जाँदै छन । ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्कनेक्रममा मन्त्री अधिकारी चढेको हेलिकप्टरमा दुर्घटनामा परेको गृहसचिव प्रेम कुमार राइले बताएका छन । हेलिकप्टरमा चालकसहित सात जना सवार रहेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १५:११