८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गयाेः अमरेश कुमार सिंह

८ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

dainiki.com

उनले भने, ‘यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुईटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्जको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज पीडितको होस्, लघुवित्त पीडितको होस् चाहे डाक्टरको होस् दिनका दिन भइरहेको छ’ सांसद सिंहले भने, ‘यसले के देखाउँछ कि, हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’

अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले नेपाली जनतालाई दुःख दिइरहेको उनले बताए ।

प्रकाशित मिति : August 24, 2026 at 3:03 pm