बागमतीमा मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपाकाे दुई थरी निर्देशन
८ भदौ, काठमाडौं । बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयले राप्रपामा थप विवाद बढेको छ । मुख्यमन्त्री थापाले प्रदेशसभाबाट सोमबार लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले आ-आफ्ना प्रदेश सभा सदस्यलाई फरक-फरक निर्देशनसहित ह्विप जारी गरेका छन् ।
आइतबार प्रदेश प्रमुख सचेतक कुमारी तामाङले थापाको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी थिइन् । मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन भनिएको थियो । यसैगरी प्रमुख सचेतककै हैसियतमा डम्बर तामाङले अर्को ह्वीप जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिन भनेका छन् ।

उनको निर्देशनात्मक पत्रमा यही ‘भदौ ७ गतेको बैठकको निर्णय र दलका माननीय नेताज्यूको आदेश तथा राप्रपा संसदीय दलको विधान’ अनुसार भनिएको छ । एक समूहले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न भनेको छ भने अर्को समूहले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेपछि अन्यौलता सिर्जना भएको छ ।
प्रकाशित मिति : August 24, 2026 at 12:35 pm


