कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
८ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको भदौ ३ गते बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
प्रकाशित मिति : August 24, 2026 at 9:59 am


