७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

नेपालसहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्प प्रशासनको निर्णयलाई अदालतले रोक्यो

७ भदाै, काठमाडाैं । अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई लक्षित गरी लगाएको आप्रवासी भिसा प्रतिबन्ध खारेज गर्न आदेश दिएको छ। याेसँगै ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण नीतिलाई कानुनी झट्का लागेको छ।

न्युयोर्कको म्यानहट्टनस्थित संघीय जिल्ला अदालतकी न्यायाधीश जेनेट भार्गासले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको र अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई यस्तो निर्णय गर्ने कानुनी अधिकार नभएको फैसला गरेकी हुन्।

dainiki.com

ट्रम्प प्रशासनले जनवरीमा विश्वका करिब ४० प्रतिशत देशका नागरिकलाई प्रभावित पार्ने गरी आप्रवासी भिसा जारी गर्ने प्रक्रिया स्थगित गरेको थियो। प्रभावित देशमा नेपालसहित ब्राजिल, कोलम्बिया, इजिप्ट, हाइटी, सोमालिया र रुसलगायत छन्।

प्रकाशित मिति : August 23, 2026 at 10:43 am