७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

कलैयाबाट २ वर्षीया बालिका बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अपिल

७ भदाै, काठमाडाैँ । बाराको कलैया उपमहानगरपालिका–१, कटिपर्साकी करिब २ वर्षीया बालिका बिन्दी मण्डल बेपत्ता भएकी छन् । शुक्रबार साँझ करिब ५ बजेदेखि बिन्दी बेपत्ता भएको उनको पिता मुकेश मण्डलले प्रहरीमा जानकारी दिएका छन ।

परिवारले बिन्दीको खोजीमा सहयोग गरिदिन अपिल गरेको छ । परिवारले बालिकालाई कतै देखेमा वा फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिन वा परिवारको सदस्यलाई  सम्पर्क गरिदिन आग्रह छ।  बालिकाबारे कुनै जानकारी प्राप्त भएमा ९८१९२४३४१४, ९८२२२६०६८८ वा ९८२११९६६७२ मा तत्काल सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : August 23, 2026 at 7:36 am