५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

पोखरा हुँदै मुस्ताङतर्फ हिँडे प्रधानमन्त्री बालेन्द्र शाह

५ भदाै, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौंबाट पोखरातर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह शुक्रबार बिहान सडक मार्ग मार्फत पोखरा हुँदै मुस्ताङका लागि हिँडेका हुन् ।

यद्यपि प्रधानमन्त्रीको पोखरा तथा मुस्ताङ भ्रमणबारे सुरक्षा निकाय भने औपचारिक रूपमा बेखबर छन्। कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको भ्रमणबारे प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए। स्रोतका अनुसार केहीबेर अघि प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा पुगिसकेका छन् ।

प्रधानमन्त्री मुस्ताङ जाने कार्यक्रम रहेको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत यसबारे औपचारिक जानकारी पुगेको छैन। मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए। यद्यपि सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ।

प्रकाशित मिति : August 21, 2026 at 12:33 pm