आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई निगमको अनुरोध
४ भदाै, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको छ। निगमले पछिल्लो पाँच महिनाको एपली ग्यासको आयात तथा बिक्रीको तथ्यांक सार्वजनिक गर्दै आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको हाे।
निगमले सार्वजनिक गरको तथ्यांकअनुसार चैतमा २७ लाख ३२ हजार, वैशाखमा २२ लाख ५७ हजार, जेठमा २३ लाख १२ हजार, असारमा ३१ लाख ३६ हजार र साउनमा ४० लाख ३६ हजारभन्दा बढी सिलिण्डर भर्न पुग्ने ग्यास आयात भएको छ।
निगमले साउनमा जेठको भन्दा करीब ९ लाख सिलिण्डर ग्यास बढी बिक्री गरिएको जनाएको छ। भदौमा पनि खाना पकाउने ग्यासको नियमित आयात र बिक्री भइरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको हो।

प्रकाशित मिति : August 20, 2026 at 11:29 am


