विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस
३ भदौ, काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको हो । कुल ९ जनाको आवेदन परेकोमा ३ जनाको नाम सिफारिस भएको हो ।
प्रकाशित मिति : August 19, 2026 at 1:11 pm


