३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मिड सोलु हाइड्रोको ७७ लाख ६३ हजार कित्ता सेयरको लकइन अवधि असोजमा सकिंदै

३ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिने भएको छ । कम्पनीको ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिंन लागेको हो ।

कम्पनीको संस्थापक सेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १७ हजार २१३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त सेयरहरू लकइनमा रहेका छन्। लकइन अवधि सकिएसँगै सो सेयर कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : August 19, 2026 at 11:44 am