३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

निर्मल पुर्जाको सम्झनामा पदमार्गको नामाकरण

३ भदौ, काठमाडौँ । स्वर्गीय हिमाल आरोही निर्मल पुर्जाको सम्झनामा अन्नपूर्ण गाउँपालिका म्याग्दीले प्रख्यात ट्रेकिङ मार्ग अन्नपूर्ण प्रथम बेसक्याम जाने मौरिस हरजोग पदमार्गको नाम परिवर्तन गरेर ‘निम्सदाई मौरिस हर्जोग पदमार्ग’ नामाकरण गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका नेता प्रकाश पौडेलले फेसबुक मार्फत यसको जानकारी दिँदै गाउँपालिकालाई धन्यवाद समेत दिएका छन । पुर्जामा म्याग्दीमै जन्मिएका नेपाली मुलका बेलायती नागरिक थिए । केही साता अघि उनको पाकिस्तानमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परि निधन भएको थियो । केही दिनमा बेलायतमा निर्मलको अन्त्येष्टि हुँदैछ ।

प्रकाशित मिति : August 19, 2026 at 6:35 am