पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
२ भदौ, काठमाडाैं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ । उपसभामुख रुवीकुमारी ठाकुरले श्रेष्ठविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो । तर, जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको हो।
प्रकाशित मिति : August 18, 2026 at 4:08 pm


