२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

साउनमा वैदेशिक रोजगारीमा जान ७० हजारले लिए श्रम स्वीकृति

१ भदौ, काठमाडौं । वैदेशिक रोजगारीमा जान साउन महिनामा ७० हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउनमा वैदेशिक रोजगारीका लागि ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा ६० हजार ४ सय ७२ पुरूष र ९ हजार ९ सय ६९ महिला छन् ।

एक महिना अवधिमा ४२ हजार ६ सय ९३ जनाले श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।एक महिनामा म्यानपावर मार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४ सय ४२ ले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै ‘जीटुजी’ मार्फत ७ सय १२ ले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

साउनमा सबैभन्दा बढी यूएई गएका छन् । यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएका छन् । त्यस्तै मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरब जानका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति : August 18, 2026 at 3:03 pm