खाली सिलिन्डर बोकेर सरकारविरुद्ध नेविसंघको प्रदर्शन
२ भदाै, काठमाडाैं । खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ । ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै उनीहरूले रित्तो ग्यास सिलिन्डर बोकेर त्रिचन्द्र क्याम्पसमा मंगलबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रकाशित मिति : August 18, 2026 at 12:50 pm


