२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय सेना प्रमुख धिरज सेठ

२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ता आज दिउँसो साढे २ बजे सिंहदरबारमा हुने छ ।

भारतीय स्थल सेना प्रमुख सेठ चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता समेत गरेका थिए । चार दिने भ्रमणमा आएका सेठ यो भेट पछि बुधबार भारत फर्किनेछन्।

प्रकाशित मिति : August 18, 2026 at 10:42 am