२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

सिद्धार्थ क्यापिटलका दुई योजनाहरुको लाभांश घोषणा, कुनको कति ?

२ भदाै, काठमाडाैं । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीलाई नगद प्रतिफल वितरण गर्ने भएका छन्। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको भदौ १ गते बसेको सञ्चालक समितिको २०७औँ बैठकले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घाषणा गरेको हाे ।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

यसका साथै बैठकले सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड २ का इकाईधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : August 18, 2026 at 10:28 am