३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै, कुन कम्पनीको कहाँ पाइन्छ ?

३१  साउन, काठमाडाैं । नेपाल आयल निगमले आज काठमाडौंका ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ। निगमका अनुसार टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछ। बुढानीलकण्ठस्थित पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका ग्यास बिक्री गरिनेछ।

त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री हुनेछ। नयाँ बजारस्थित जुडो हल परिसर र नयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

यसैगरी बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल र एचपी, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण हुनेछ।

प्रकाशित मिति : August 16, 2026 at 11:05 am