१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

भारतमाको आतंकवादी हमलाको विरोधमा नेपालमा राजपाकाे मोटरसाइकल जुलुस

१४ फागुन, वीरगंज  । राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस निकालिएको छ । राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको बताएका छन् ।

आतंकवाद र आतंकवादीलाई संरक्षण दिनेविरुद्ध चर्को नारावाजी गर्दै  वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

 

प्रकाशित मिति : February 26, 2019 at 3:36 pm