२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

म्याद थपका लागि पत्रकार किशोर श्रेष्ठलाई सरकारी वकिल कार्यालय लगियो

२८ साउन, काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।

 प्रहरी हिरासतमा रहेका श्रेष्ठलाई म्याद थपको अनुमति लिनका लागि अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय लगिएको हो।उनीविरूद्ध एक महिलाले वैयक्तिक गोपनीयता भंग गरेको आरोप लगाउँदै उजुरी दिएपछि परिसरको टोलीले श्रेष्ठलाई नख्खुबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति : August 13, 2026 at 4:40 pm