२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

काठमाडौं आइपुगे शेरबहादुर देउवा

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा घाइते भएका थिए। देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए। आज भने उनी थाइल्यान्डबाट नेपाल आएका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रकाशित मिति : August 13, 2026 at 1:19 pm