२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

समाचारको विषयलाई लिएर पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

२७ साउन, काठमाडौँ । विश्व प्रेस काउन्सिलका उपाध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन । उनी केही बेरअघि घरबाटै पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । श्रेष्ठ जनआस्था साप्ताहिकको प्रकाशक हुन । जनआस्थाको अनलाइन संस्कारण पनि रहेको छ । जनआस्थामा प्रकाशित समाचारकै विषयलाई लिएर प्रहरीले अपराधिको शैलीमा मध्यराति घरबाटै पक्राउ गरेको भन्दै पत्रकारहरूले बिरोध जनाएका छन ।

उपसभामुख रूवी कुमारी ठाकुर, रास्वपा सांसद ज्वाला संग्राैला र रास्वपाकै दीपिका सिंह लगायतको उजुरीमा श्रेष्ठ पक्राउ परेको प्रहरीले बताए पनि औपचारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : August 12, 2026 at 9:42 pm