स्रोत नखुलेको साढे ५२ लाख रूपैयाँ सहित पर्साबाट चार जना पक्राउ
२६ साउन, काठमाडौं । पर्साको वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रूपैयाँ सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत विहार सितामढी थाना डुमरा–६ घर भएका २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका–१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २–०३–००३ प ७२१५ नम्बर र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : August 11, 2026 at 1:54 pm



