२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

२५ साउन, काठमाडौं । मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष ०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ बमोजिम अध्यक्ष अलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : August 10, 2026 at 12:48 pm