२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

२५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

प्रकाशित मिति : August 10, 2026 at 12:07 pm