२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

रेणुलाई जिताएर काँग्रेसले गल्ती गर्याेः उपमेयर शाह

१४ फागुन, काठमाडौंँ  । रेनु दाहालले महानगरपालिकामा व्यापक अनियमितता गरेकाे उपमेयर पार्वती शाहले खुलासा गरेकी छिन् । रेणुलार्इ  काँग्रेसले मेयरमा जिताएर ठुलाे गलती गरेकाे बताउँदै चितवनको भरतपुर महानगरपालिकामा व्यापक अनियमितता भएको साहले बताएकी छिन् । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उपप्रमुख शाहले महानगरपालिकालाई मेयर दाहालले एकलौटी ढंगले चलाउन खोजेकाेले अनियमितता बढेको दाबी गरिन् ।

उनले मेयर दाहालमाथि १२ वटा आरोप लगाउँदै  पत्रकार सम्मेलनमा उनले दुई वर्षसम्म पनि लेखा समिति गठन नगरेको, जिन्सी समिति गठन नगरेको, महत्त्वपूर्ण समितिहरु एकलौटी ढंगले गठन गरेको लगायतका आरोप लगाएकी छिन् । स्थानीय तह निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनबाट दाहाल मेयरमा र शाह उपमेयरमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : 12:07