२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नुवाकोटकी विनिता तामाङले पोर्चुगल पुर्याउँछु भन्दै फेसबुकबाट साथी ठगेपछि…

१४ फागुन, काठमाडौँ  । नुवाकोटकी विनिता तामाङले पोर्चुगल पुर्याउँछु भन्दै  फेसबुकबाट साथीहरू ठग्ने गरेकाे खुलासा भएकाे छ । अाफु दुई वर्ष देखी बस्दै अाएकाे पाेर्चुगल रोजगारीका लागि निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पनि पाइने समेत प्रलोभन देखाएर ठगी गरेकी छिन् ।

नचिनेका केटी साथीहरूलार्इ फेसबुकमा साथी बनाउन रिक्केस्ट पठाउने र साथी बनेपछि अनेक प्रलाेभनमा पारेर ठग्ने गरेकाे खुलासा भएकाे छ । विनिताले रामेछाप, रसनालु–३ की आङदोमालाई पनि फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाएकी थिइन् ।  लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन् ।  उनीहरु प्रत्यक्ष चिनजान भयो । नुवाकोट, सुनाखानीकी विनिता र आङदोमाको सुरुको भेट निकै रोमाञ्च भयो ।

विनिताले भने अनुसारको पोर्चुगल जान लाग्ने रकम जोहो गरेपछि आङदोमा र उनका साथीहरुले त्यो रकम विनिताले भनेको व्यक्ति पार्वती तामाङको नाममा रहेको बैंक खातामा जम्मा गरिदिए । आङदोमाले नागरिकसँग भनिन्, रकम लिएको लामो समयसम्म पोर्चुगल उड्न नपाएपछि खोजी गर्दा विनिता काठमाडौँमै फेला परेपछि मात्र ठगीमा परेको खुल्यो

प्रकाशित मिति : 11:20