स्रोत नखुलेको ५९ लाख ९३ हजार नगदसहित नागढुङ्गाबाट २ जना पक्राउ
२४ साउन, काठमाडौं । स्रोत नखुलेको ५९ लाख बढी रकमसहित २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ५९ लाख ९३ हजार ५ सय रूपैयाँसहित चिनियाँ नागरिक गुंग याग समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ
गरेको हाे ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सप्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ज.१ च १६६४ नम्बरको स्कारपियोलाई जाँच गर्दा उक्त नगद फेला पारी स्कारपियोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : August 9, 2026 at 5:00 pm



