२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

प्रति सिलिण्डर ७ हजारमा ग्यास बिक्री गर्ने तुलसीराम पक्राउ

२४ साउन, भक्तपुर । ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । चाँगुनारायण नगरपालिका-‍२ दुवाकोट बारूदखाना चोकस्थित त्वयना किराना पसल संचालन गरी बस्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हाे।

तुलसीरामले उपभोक्ताहरूलाई एलपी ग्यास प्रति सिलिण्डर ७ हजार रूपैयाँको दरले विक्री वितरण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : August 9, 2026 at 4:52 pm