७ मंसिर २०८३, आइतबार | Mon Nov 23 2026

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने एक जना पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

२४ साउन, काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा एक जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका गोकर्णेश्वरबाट काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका हुन् ।

जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६, का दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि २०८३ साउन २४ गते गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।

 दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जना पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका दुलाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रकाशित मिति : August 9, 2026 at 12:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/