२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

तीन दिनदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर सिंह मृत भेटिए

२४ साउन, काठमाडौँ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत भेटिएका छन् । उनी शुक्रबारदेखि तिलौराकोट सामुदायिक जंगलमा हराइरहेका थिए । जंगलको बिचमा उनी चढ्ने मोटरसाइकल भेटिए पनि उनको अवस्था अज्ञात थियो ।

६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । साढे ३ बजेतिर उनले आफू निकटका केही व्यक्तिलाई ‘जंगलमा बाटो बिर्सिएँ’ भनेर फोन गरेका थिए ।

शुक्रबारदेखि प्रहरी, स्थानीय र आफन्तले निरन्तर खोजी गरिरहेका थिए । त्यसक्रममा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो। तर, उनी त्यहाँ थिएनन्।

आज त्यही आसपास नै उनको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : August 9, 2026 at 1:07 pm