२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

म्याग्दीमा ८१ वर्षीय वृद्धा आफ्नै घरमा छिमेकीबाट बलात्कृत

१४ फागुन, म्याग्दी  । म्याग्दीमा ८१ वर्षीय वृद्धा आफ्नै घरमा छिमेकीबाट बलात्कृत भएकी छिन् । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी वृद्धा शुक्रबार राति आफ्नै घरमा स्थानीय ३५ वर्षीय  गोरे परियारबाट बलात्कृत भएकी हुन् । ८१ वर्षीय वृद्धा राम्रोसँग बोल्न र हिँड्न नसक्ने रहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको  मौका छोपी परियारले  बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएको छन् ।

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैका घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् ।

प्रकाशित मिति : 10:06