सम्पत्ति शुद्धीकरणमा चक्रे मिलन दम्पतीले सर्वोच्चबाट पाए सफाइ
२२ साउन, काठमाडौं । सर्वोच्च अदालतले चक्रे मिलन भनिने मिलन गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङलाई सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले दुबै जनालाई सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो । २०७४ माघ १० मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो ।
प्रकाशित मिति : August 7, 2026 at 3:11 pm



