१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

कांग्रेस आधिकारिकता विवाद पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

२१ साउन, काठमाडौं । नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति प्रदान गरेको छ। कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरावलोकन हुनुपर्ने माग राखी दिएको निवेदनमा निस्सा हुने आदेश गरेको हो ।

बिहीबार प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएकाले कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।

dainiki.com

यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनबाट चुनिएका गगन थापाको कार्यसमितिलाई मान्यता दिँदै देउवा पक्षको रिट खारेज गरेको थियो। सोही आदेशलाई पुनरवलोकन गर्न माग गर्दै देउवाले वारेसमार्फत निवेदन दर्ता गराएका थिए।

प्रकाशित मिति : August 6, 2026 at 4:18 pm